Master's Programme in Sports Science

Kirtipur, Kathmandu

प्राध्यापकहरू सम्मानित, तदर्थ समिति गठन र एमओयूमा हस्ताक्षर  

प्राध्यापकहरू सम्मानित, तदर्थ समिति गठन र एमओयूमा हस्ताक्षर  

2026-08-16

त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबाट उपाधि प्राप्त विद्यार्थीहरूलाई आफु पढेको शिक्षण संस्थामा फर्कन र निरन्तर सम्पर्कमा रही संस्थाको उन्नयनमा योगदान गर्न आग्रह गर्दै आयोजना गरिएको प्रथम एलुम्नाई भेला सम्पन्न भएको छ । आइतवार खेलकुद विज्ञान कार्यक्रमको परिसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकालले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएको महत्वपूर्ण कार्यक्रमले दीर्घकालीन महत्व राख्ने बताउनु भयो । उहाँले खेलकुद विज्ञान विषयको महत्व बुझेर नै स्नातक तहको पाठ्यक्रम निर्माण गरी कार्यान्वयनको तयारी भइरहेको बताउनु भयो । 
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले विभागहरूले पूर्व विद्यार्थीहरूको साथ र सहयोग लिएर काम गर्न सक्नु पर्ने बताउनु भयो । एलुम्नाईको महत्वपूर्ण भुमिका हुने हुँदा पिन्सिपल कार्यालय सधैं सहकार्य गर्न तयार रहेको बताउनु भयो । यसैगरी प्रोक्टर प्रा.डा. गणेश अधिकारीले एलुम्नाई एशोसिएशन गठनले महत्वपूर्ण भुमिका रहने बताउनु भयो । 
कार्यक्रममा खेलकुद विज्ञान विषय स्थापनाकालदेखि योगदान गर्नुहुने प्राध्यापक डा. रामकृष्ण महर्जन र वरिष्ठ प्रशिक्षक गंगाबहादुर मगरलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्व प्रा.डा. रामकृष्ण महर्जनको योगदानको बारेमा राजकुमार कार्कीले र गंगाबहादुर मगरको बारेमा इन्दिरा निरौलाले चर्चा गर्नुभएको थियो । सम्मानीत व्यक्तित्व प्रा.डा. महर्जनले फलको आशा नगरी गरेको कर्मले आज सम्मानीत हुन पाउँदा गौरवान्वित भएको बताउनु भयो । वरिष्ठ प्रशिक्षक मगरले विषय पठनपाठन शुरू गर्दा विभिन्न समस्याहरू झेल्नु परेको स्मरण गर्नुहँुदै यो विषयलाई अझै बृहत बनाउँदै लैजानुपर्ने बताउनु भयो । कार्यक्रममा प्राध्यापकहरूको तर्फबाट डा. प्रकाश प्रधानले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । यस्तै गरी नेपाल स्कूल खेलकुद महासंघका उपाध्यक्ष मोहन कार्कीले पनि समझदारीपत्रमा हस्ताक्षर भई सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । 
कार्यक्रमको अध्यक्षता गद्रै कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीले आफुले पढेको ठाउँमा फर्कने वातावरण बनाउने मुख्य उद्देश्यले एलुम्नाई भेला राखिएको बताउनु भयो । कार्यक्रममा विधान आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नृत्यमार्फत आठौं ब्याचका विद्यार्थी सीता राईले स्वागत गनुृभएको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत नोदनाथ त्रितालले गर्नुभएको थियो । कार्यक्रममा प्राध्यापक, कर्मचारी, एलुम्नाई, अतिथि लगायत करिब ६५ जनाको सहभागिता रहेको थियो ।