Kirtipur, Kathmandu
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तरगत रहेको खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रममा अध्ययन पूरा गरेका पूर्व विद्यार्थीहरूको प्रथम एलुम्नाई भेला आज सम्पन्न भएको छ । प्रथम भेलाले पहिलो ब्याचका चन्दन कोजुको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा पुष्करराज पन्त, कृष्ण तिमिल्सिना, राजकुमार कार्की, संयुक्ता शाक्य, सुनकेशरी माली, आशिष अवाले, रविन्द्र सिलाकार, रामचन्द्र ठाकुर, राजीव जोशी, विपेन्द्र महर्जन, राकेशकुमार राई, अनिल अधिकारी, उत्सव रुपाखेती र यमुना घर्ती मगर चयन हुनुभएको छ । तदर्थ समितिले छ महिनाभित्र प्रथम साधारण सभा गरी नयाँ नेतृत्व चयन गर्ने कार्यविधिमा उल्लेख छ । तदर्थ समितिलाई शुभकामना दिनुहुँदै कार्यक्रम संयोजकले पूर्व विद्यार्थीहरूसँग सहकार्यको लागि चाँडै प्रथम साधारण सभा भई निर्वाचित समिति आउने विश्वास व्यक्त गर्नुभयो ।