Kirtipur, Kathmandu
त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको आ.व. २०८२–८३ सम्मको भौतिक सम्परीक्षण प्रतिवेदन आज एक कार्यक्रमका बीच कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीलाई हस्तान्तरण गरेको छ । कार्य समितिले गत श्रावण महिनामा गठन गरेको भौतिक सम्परीक्षण समितिका संयोजक प्रा.डा. रामकृष्ण महर्जनले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । सम्परीक्षण समितिको सदस्यमा शाखा अधिकृत नोदनाथ त्रिताल हुनुहन्थ्यो । समितिले सम्पूर्ण जिन्सी निरीक्षण गरी प्रतिवेदन तयार पारेको सदस्य त्रितालले बताउनु भयो । समितिले दिएको प्रतिवेदनमा जिन्सी सामग्री संरक्षणका लागि विभिन्न सूझावहरू दिइएको संयोजक महर्जनले बताउनु भयो । प्रतिवेदन बुझ्दै कार्यक्रम संयोजक अधिकारीले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा समितिलाई धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदन ऐतिहासिक दस्तावेज भएको र यसको कार्यान्वयनको लागि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
