Master's Programme in Sports Science

Kirtipur, Kathmandu

छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर 

छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर 

2026-08-16

त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल विद्यालय खेलकुद महासंघबीच छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारी पत्रमा आज एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । समझदारी पत्रमा खेलकुद विज्ञानको तर्फबाट डीनको रोहवरमा कार्यक्रम संयोजक पशुपति अधिकारीले हस्ताक्षर गनुभएको छ भने महासंघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले महासंघका महासचिव राजकुमार कार्कीको रोहवरमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारी पत्रमा सम्झौता बमोजिम सहकार्यका क्षेत्रहरूमा विद्यार्थी छात्रवृत्ति, अनुसन्धान, प्रकाशन, खेल प्रशिक्षण र सहभागिता, सेमिनार, कार्यशाला, तालिम, इन्टर्नसीप, प्रयोगशाला, खेल प्रतिभा पहिचान, खेल व्यवस्थापन, खेल मनोविज्ञान, खेल बायोमेकानिक्स, पोषण, चिकित्सा, फिजियोथेरापी, लगायत शैक्षिक एवम् प्रशासनीक विषयहरू पर्दछन् । कार्यक्रममा समझदारी पत्र प्रमुख अतिथि डीन प्रा.डा. दुविनन्द ढकाल र संस्थाका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षरपछि आदानप्रदान गर्नुभएको थियो । समझदारी पत्रको अवधि पाँच वर्षको रहेको छ ।