Master's Programme in Sports Science

Kirtipur, Kathmandu

एलुम्नाई भेलाको तयारी पूरा, छात्रवृत्तिका लागि एमओयु हुने

एलुम्नाई भेलाको तयारी पूरा, छात्रवृत्तिका लागि एमओयु हुने

2026-08-15

त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबाट उपाधि प्राप्त विद्यार्थीहरूलाई आफु पढेको शिक्षण संस्थामा फर्कन र निरन्तर सम्पर्कमा रही संस्थाको उन्नयनमा योगदान गर्न आग्रह गर्दै आयोजना गर्न लागेको प्रथम एलुम्नाई भेलाको तयारी पूरा भएको छ । यहि श्रावण ३१ गते आइतवार खेलकुद विज्ञान कार्यक्रमको परिसरमा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकाल रहनु हुनेछ । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्र र प्रोक्टर प्रा.डा. गणेश अधिकारी विशिष्ट अतिथि रहनु भएको छ । यसैगरी कार्यक्रममा  नेपाल विद्यालय खेलकुद महासंघसँग छात्रवृत्तिका लागि एमओयु गर्न लागिएको कार्यक्रम संयोजक पशुपति अधिकारीले बताउनु भयो । सोहि कार्यक्रममा खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको पूर्व विद्यार्थीहरूलाई संगठित गरी एलुम्नाई एशोसिएशन गठन गर्ने र सो एशोसिएशनको कार्यविधि तयार भइसकेको पनि संयोजक अधिकारीले बताउनु भयो । सोही भेलामा खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको स्थापना कालदेखि संयोजकको जिम्मेवारी निर्वाह गर्दै हालसम्म प्राध्यापनरत प्रा.डा. रामकृष्ण महर्जन र लामो समय कार्यक्रम संयोजकको भुमिका निर्वाह गरी हाल प्राध्यापनरत वरिष्ठ प्रशिक्षक गंगाबहादुर मगरलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको शाखा अधिकृत नोदनाथ त्रितालले बताउनु भयो ।