Master's Programme in Sports Science

Kirtipur, Kathmandu

 बोर्ड सदस्यमा मनोनित ललिता नाथलाई बधाई 

 बोर्ड सदस्यमा मनोनित ललिता नाथलाई बधाई 

2026-08-11

यस खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रममा अध्ययनरत छात्रा ललिता नाथ राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा मनोनयन हुनुभएको छ । उहाँलाई कार्यक्रमको तर्फबाट कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारी र संस्थापक संयोजक प्राध्यापक डा. रामकृष्ण महर्जनले एक कार्यक्रमका बीच बधाई ज्ञापन गर्नुभयो । विद्यार्थीहरूको सफलता र प्रगतिबाट प्राध्यापकहरूमा सधैं खुशी र उर्जा मिल्ने उहाँहरूले बताउनु भयो । साथै उहाँहरूले देशको खेलकुद विकासमा खेल विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले गरेको योगदान अविश्मरणीय रहेको पनि उल्लेख गर्नुभयो ।

सो अवसरमा सिटिजन्स् बैंक लिमिटेडका तर्फबाट पुलकित विनोद अधिकारी र राज श्रेष्ठले समेत मायाको चिनो प्रदान गरी उहाँको सफल कार्यकालको कामनासहित शुभकामना व्यक्त गर्नुभयोे । कार्र्यक्रममा प्राध्यापक, कर्मचारी तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सोमवार मात्र माननीय शिक्षा मन्त्री सस्मित पोख्रेलले मन्त्रालयमा एक कार्यक्रमका बीच ललिता नाथलाई बोर्ड सदस्यको मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।