Master's Programme in Sports Science

Kirtipur, Kathmandu

त्रिवि केन्द्रीय पुस्तकालयको विद्यार्थीहरुको स्थलगत अवलोकन भ्रमण 

त्रिवि केन्द्रीय पुस्तकालयको विद्यार्थीहरुको स्थलगत अवलोकन भ्रमण 

2026-03-26

खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रममा प्रथम र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले त्रिवि केन्द्रीय पुस्तकालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् । कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारी नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई केन्द्रीय पुस्तकालयका सहपुस्तकालयध्यक्ष लालबहादुर चौहान र सूचना अधिकारी विजय शर्माले पुस्तकालय अवलोकन गराईदिनुभएको थियो । पुस्तकालयको इ–पोर्टलमा उपलब्ध विद्युतीय सामग्रीमा विद्यार्थीहरुको पहुँचको सम्बन्धमा सूचना अधिकारी शर्माले सो अवसरमा सहजीकरण गरिदिनुभएको थियो । साथै भ्रमणको क्रममा विद्यार्थीहरुले भौतिक रुपमा केन्द्रीय पुस्तकालयमा संग्रह गरिएका पुस्तकहरु, पुस्तकालयका विभिन्न शाखाहरु, अभिलेखहरु र विद्यार्थीहरुले पुस्तकालयभित्र बसेर अध्ययन गर्ने अध्ययनस्थल समेत अवलोकन गरेको शाखा अधिकृत नोदनाथ त्रितालले बताउनुभयो ।