Master's Programme in Sports Science

Kirtipur, Kathmandu

इ–पुस्तकालय प्रयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न 

इ–पुस्तकालय प्रयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न 

2026-03-13

त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम आठौं ब्याचको प्रथम सेमेस्टरमा भर्ना भई नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको लागि केन्द्रीय पुस्तकालयमा रहेका डिजिटल डाटाबेसहरुमा रहेका डिजिटल सामग्रीहरु (इ–रिसोर्सेज) को प्रभावकारी प्रयोगसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथि सहजकर्ताको रुपमा त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा खेलकूद विज्ञान कार्यक्रमका संयोजक प्रा. पशुपति अधिकारीले विद्यार्थीहरुले विश्वविद्यालयले दिएको आधिकारिक इमेलको महत्व बताउनु हुँदै विद्यार्थीहरुले सो इमेलको प्रयोग गरी केन्द्रीय पुस्तकालयमा रहेका लाखौं डिजिटल पठन सामग्रीहरुलाई उपयोग गरी अध्ययन अनुसन्धानमा प्रयोग गर्न सक्ने हुँदा अभिमुखीकरण प्रभावकारी भएको बताउनु भयो । कार्यक्रममा प्रा.डा. रामकृष्ण महर्जन, शिक्षकहरु चन्दन कोजु र दिपेन्द्र महर्जन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत नोदनाथ त्रितालले गर्नुभएको थियो । सहजकर्ता शर्माले त्रिवि केन्द्रीय विश्वविद्यालयले सञ्चालन गरेका इ–लाइब्रेरी अन्तरगतका डाटाबेसहरु प्रयोगबारे विद्यार्थीहरुलाई रजिष्ट्रेशन गराई प्रयोगात्मक जानकारी गराउनु भएको थियो । उहाँले इ–लाइब्रेरी पोर्टल, बौद्धिक चोरी परीक्षण गर्ने आइथेन्टिकेट सफ्टवेयर, युएन सम्बन्धी कलेक्सन, नेपाल कलेक्सन, नेपजोल, प्रोक्वेष्ट, भारतीय डिजिटल सामग्री पोर्टल, प्रेडिएटोरी जर्नल पहिचान गर्ने लिँकहरु, रिफरेन्स र साइटेशनसम्बन्धी सफ्टवेयर आदि डाटाबेस, सफ्टवेयर र पोर्टलहरुबारे जानकारी गराउनु भएको थियो ।